शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिया चक्रवर्तीमाथि यी नायकको ट्वीटः भने, ‘तिमो वास्तविकता चाँडै नै पर्दाफास हुनेछ’

शुक्रबार, १६ साउन २०७७, १० : १०
शुक्रबार, १६ साउन २०७७

सुशान्त सिंह राजपूतको मृत्यु भएको एक महिना बढी समय बितिसकेको छ तर उनको मृत्युको रहस्य सुल्झिनुको साटो थप गाँठो परेको छ । अब सुशान्तका पिताद्वारा पटनामा मंगलबार बलिउड नायिका तथा सुशान्तकी साथी रिया चक्रवर्तीमाथि एफआइआर दर्ता गरेका छन् तत्पश्चात् बिहार प्रहरीको एक समूह मुम्बई पुगेर यो मामिलामा सोधपुछ गरिरहेको छ । हुन त सुशान्तको मृत्युपछि धेरै मानिसहरुले उनको अचानक मृत्युलाई कुनै षड्यन्त्र बताएको छ । हालै नायक अध्ययन सुमनले पनि रियाको विषयमा एक ट्वीट गरेका छन् । उनले रियाको वास्तविकता चाँडै नै पर्दाफास हुने बताएका छन् ।

फिल्म हाल–ए–दिल, राज–द मिस्ट्री कन्टिन्यूज, जस्न लगायतका फिल्ममा अभिनय गरेका अध्ययन सुमनले ट्वीटमा लेखेका छन्, ‘रिया चक्रवर्ती, तिम्रो वास्तविकता चाँडै नै पर्दाफास हुनेछ । तिमी दौडन सक्छौ तर थकाई लागेर नै मर्नेछौ । गलत व्यक्तिसँग संगत गर्नु कति भयावह हुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप