बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महानगरीय ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, १६ साउन २०७७, ०९ : ५२
शुक्रबार, १६ साउन २०७७

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन ।

स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको दुई दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको पिसिआर जाँच गर्न लागिएको छ । दुई प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय शिल गरिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप