शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा फरार ५ प्रतिवादी पक्राउ

बिहीबार, १५ साउन २०७७, २३ : ०६
बिहीबार, १५ साउन २०७७

पाल्पा । पाल्पाका फरार रहेका ५ प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पाँच वर्षअघि देखि फरार रहेका प्रतिवादीलाई प्रहरीले बुधबार पाल्पाबाट पक्राउ गरिएको हो ।  पक्राउ पर्नेहरुमा पाल्पा तिनाउँ गाउँपालिका–२ का २६ वर्षीय दिपक लम्साल, तिनाउँ गापा–६ का ५५ वर्षीय मानबहादुर लम्तरी, तिनाउँ गापा–३ का ४५ वर्षीय रिवि काफ्ले, सोही स्थानका ३१ वर्षीय पदमबहादुर रायमाझी र बगनासकाली गापा–७ का २९ वर्षीय सुरज बहादुर कनौजे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।

लागुऔषधको ओसारप्रसार, बहुविवाह र सार्वजनिक अपराधमा अदालतबाट फैसला कार्यान्वयन भई कैद र जरिवाना तोकिएको थियो । अदालतको आदेशपछि जिल्ला प्रहर िकार्यालय पाल्पाको विशेष अभियानमा प्रतिवादी पक्राउ गरिएको हो । 

कनौजेलाई सार्वजनिक अपराधमा २०७२ पुस ५ गते, रायमाझीलाई बहुविवाह ०७१ असार २९, लम्साललाई लागुऔषधमा ०७४ माघ २१ गते, लम्तरीलाई ०७५ फागुन ९ गते, काफ्लेलाई ०७६ असोज २९ गते अदालतबाट कैद तथा जरिवाना तोकेको प्रनाउ गिरीले बताए । पक्राउ गरिएका प्रतिवादीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पाल्पामा पठाइएको छ । पाल्पा, रुपन्देही, नवलपरासी अदालतले कैद तथा जरिवानाको फैसला गरेको प्रतिवादी पाल्पाबाट पक्राउ गरिएको प्रहरीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप