मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नातीको मोटरसाइकल चढ्दा हजुरआमाको मृत्यु

बिहीबार, १५ साउन २०७७, २० : ३०
बिहीबार, १५ साउन २०७७

बुटवल । रुपन्देहीमा नातीको मोटरसाईकलमा चढ्ने क्रममा लडेर हजुरआमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनूसार रुपन्देहीको रोहिणी गाउँपालिका ३, लक्ष्मिनगरकी ७० वर्षीया धानकती भुजको नातीको मोटरसाइलक चढ्दा लडेर मृत्यु आज दिउँसो भएको हो ।

उनी २० वर्षीय नाती सिकन्दर भुजको लु १८ प ९४९२ को  मोटरसाइकलमा चढ्ने क्रममा अचानक लड्दा घाइते भएकी उनको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएकोछ  ।

यता गुल्मीको धुर्कोटमा एक जना मृत्त अवस्था फेला परेका छन् ।धुर्कोट गा.पा.६ भिरथोक बस्ने बर्ष ३५ को लक्ष्मण घर्ती मृत्त अवस्था आज फेला परेका हुन् । उनी टिमुरपानीको भरि भन्दा तल मृत्त अवस्था फेला परेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गूल्मीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप