जलेश्वरमा शुक्रबारदेखि निषेधाज्ञा
महोत्तरी । महोत्तरीको सदरमुकाम जलेश्वरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जलेश्वर नगरपालिकासँगै जिल्ला प्रशासन कार्यालय समेतले निषेधाज्ञा जारी गरेको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वर क्षेत्रमा एक जनाको कोरोना संक्रमणले मृत्यू भएसंगै संख्यात्मकरुपमा समेत वृद्धि हुन थालेपछि जलेश्वर नगरपालिकाको कार्यालयले सम्पूर्ण सेवाप्रदायक कार्य अनिश्चितकालिन बन्द गरेसँगै जिल्ला प्रशासन कार्यालय महोत्तरीले भोली शुक्रवार राति ११ बजे देखि लागू हुने गरि जलेश्वरमा निषेधाज्ञा जारी गरेको छ ।
भारतसँग जोडिएको महोत्तरीको उत्तरीतर्फका सिमानाका आर्मी ब्यारेक र दक्षिणी सिमानाका मलिबाराको रातो पुल र पूर्वमा भारगेश्वर कुट्टी तथा पश्चिममा रा.बी.म. क्याम्पस र महोत्तरी गाउँपालिका वडा नम्बर ३ र ५ को जलेश्वर प्रवेश नाकाहरु शुक्रबारदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।
उनले लक्षण सहितका कोरोना देखा पर्न थालेपछि सदरमुकाम जलेश्वरसँग जोडिएका विभिन्न नाकाहरु ५ दिनका लागि शुक्रबार मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित