विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको ६ लाख ७० हजार नाघ्यो (अपडेट)
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७० हजार ५४८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बिहीबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार बिहीबारसम्म विश्वभरीमा एक करोड ७२ लाख ३ हजार ९७३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख १४ हजार ३२१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३९६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख ६८ हजार ३७५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५३ हजार ८४५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३९ लाख ५२ हजार ४४० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३९ हजार ७८१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५३ लाख ६० हजार २०० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २६ हजार ८३ जनाको मृत्यु भएको छ ।
युरोपमा २८ लाख ४० हजार ३४३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ । एशियामा ४१ लाख ३७ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९४ हजार १९४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख ९५ हजार १५७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ९०८ जनाको मृत्यु भएको छ । ओसियानामा १८ हजार ३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१३ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप