बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने’ सार्वजनिक

बिहीबार, १५ साउन २०७७, १६ : ४८
बिहीबार, १५ साउन २०७७

काठमाडौं । कलाकार हरिवंश आचार्यको गाईजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्ने, म पो जान्ने सुन्ने...’ सार्वजनिक भएको छ  । आचार्यको शब्द, संगीत र स्वर रहेको गीतको भिडियो पनि बनेको छ । गीतमा राजनीतिक व्यङ्ग्य पस्किएको छ । नेपालको हरेक राजनीतिक दलमा ठूलो, सानो भन्ने तछाड मछाड छ त्यही यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।

सागरराज शर्माको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, सशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । भिडियोमा हरि हुमागाईंको छायाँकन र सुशिल न्यौपानेको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप