बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विध म्यानेजमेन्टद्वारा संचालित ल्यावले सुरु गर्यो पीसीआर परिक्षण सेवा

बिहीबार, १५ साउन २०७७, १५ : ३९
बिहीबार, १५ साउन २०७७

ललितपुर । ललितपुरको कुपण्डोल स्थित विध म्यानेजमेन्टद्वारा संचालित कोभिड–१९ ल्यावले आजबाट कोभिड १९को परिक्षण सुरु गरेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९को पीसीआर परिक्षण गर्न नीजि प्रयोगशालाहरुलाई सरकारले अनुमति दिएसँगै कोभिड–१९ ल्यावले सेवाको सुरुवात गरेको हो । 

आरटी–पीसीआर परिक्षण सरकारले आफ्नो मातहतको प्रयोगशालाहरुबाट गर्दै आइरहेको र परिक्षणको दायरा फराकिलो पार्नु पर्ने मागलाई दृष्टिगत गरी सरकारले नीजि क्षेत्रबाट संचालन हुने प्रयोगशालामा समेत परिक्षणको व्यवस्था मिलाएको थियो ।

यस महामारीमा परिक्षणको दायरा फराकिलो पारी छिटो भन्दा छिटो संंक्रमणको पहिचान गर्ने सरकारको यस अभियानमा साथ दिनको लागि कोभिड–१९ ल्याबबाट परिक्षण सुरु गरेको विध म्यानेजमेन्टले जनाएको छ ।

यस ल्यावको दैनिक चार हजार भन्दा बढि नमुना परिक्षणको रिपोर्ट उपलब्ध गराउन सकिने क्षमता रहेको विधले जनाएको छ । त्यसैगरी, यस ल्यावले पीसीआर परिक्षण शुल्क चार हजार पाँच सय तोकेको छ । 

कोभिड–१९ को परिक्षणको लागि जनतालाई छिटो छरितो एवं सर्वसुलभ सेवा उपलब्ध गराउने सरकारको प्रयासमा यथासम्भवसहयोग पुर्याउन विध म्यानेजमेन्ट तयार रहेको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप