बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा फरार ५ अभियुक्त पक्राउ

बिहीबार, १५ साउन २०७७, १४ : ५८
बिहीबार, १५ साउन २०७७

बुटवल । पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ५ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद भुक्तान नगरी फरारको सूचिमा रहेका ५ जनालाई पक्राउ गरी जिल्ला अदालत पाल्पामा बुझाइएको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीकाअनुसार  अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएपछि फरार रहेका तिनाउ गाउँपालिका सोही गाउँपालिका  ५५ वर्षीय मानबहादुर लम्तरी, २६ वर्षका दिपक लम्साल र माथागढी गाउँपालिका वडा नं. ३ बस्ने ४५ वर्षका रवि काफ्ले रहेका छन् । 

त्यस्तै बगनासकाली गाउँपालिका वडा नं.७ बस्ने २९ वर्षका सुरजबहादुर कनौजे भने सावर्जनजकि अपराध सम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए भने वडा नं. ३ का ४५ वर्षीय पदमबहादुर रायमाझी बुहविवाह मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला प्रहरी कार्यायले फरार अभियुक्तलाई पक्राउ गरी कैद भुक्तान तथा सजायका लागि अदालतमा बुझाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप