शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्युवाको औषधीले भारतमा पायो कोभिड–१९ को उपचारमा स्वीकृति

बिहीबार, १५ साउन २०७७, १४ : ३१
बिहीबार, १५ साउन २०७७

भारतको औषधि नियगमन प्राधिकरणले क्युवेली औषधी इटोलिजुमावलाई कोभिड–१९ का कडाखाले बिरामीको उपचारमा विशेष रुपमा प्रयोग गर्नका लागि स्वीकृति दिएको छ । क्युवाको मोलेकुलर इम्मयुनोलोजी सेन्टर (सिआईएम) का निर्देशक इडुवार्डो ओजिटो मगजले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।

गत अप्रिलदेखि नै क्युवामा कोभिड–१९ को उपचारका लागि यो औषधि प्रयोग भइरहेको छ, यस मोनोक्लोनल एन्टीबडी ड्रग्सले २०१४ मा क्युविन एकेडेमी अफ साइन्सेजबाट राष्ट्रिय अवार्ड पाएको थियो भने २०१५ मा वल्र्ड इन्टेलेक्चुयल प्रपर्टी अर्गनाइजेशनबाट गोल्ड मेडल पाएको थियो ।

इटोलिजुमाव एक मोलेक्लु औषधी हो । यो औषधी लाइन्फोमस र लोकेमियसको उपचारका लागि सिआईएमले विकास गरेको हाे । यस एन्टीबडीले टी–लाइफोसाइट्सको एक्भिेसन र प्रोलिफिकेशन ब्लक गर्ने सामर्थ्य राख्छ अर्थात् इम्मुनोमोडुलेटरको काम गर्छ ।

बायो क्युवाफर्म वेवसाइटका अनुसार क्युवामा गरिएको अध्ययनअनुसार यस औषधीको प्रयोग गरी उपचार गरिएका कोभिड–१९ का गम्भीर बिरामीहरुमध्ये  ६० प्रतिशतमा सकारात्मक परिणाम देखिएको थियो । यो औषधीको प्रभावका कारण उनीहरुको स्वासप्रश्वासले राम्ररी काम गर्‍यो र यस रोगको खराब अवस्थाबाट उनीहरु बाँचे ।

क्रान्तिकारी नेता स्वर्गीय फिडेल क्यास्ट्रोको योजनाअनुसार क्युवाले शक्तिशाली बायोटेक्नोलोजी उद्योग विकास गरेको छ । यस उद्योगले महामारीका दौरान क्युवा र बाँकी विश्वमा पनि कसरी मानिसको ज्यान जोगाउन सकिन्छ भन्ने ध्यान दिन्छ । कोभिड–१९ को उपचारका क्रममा एन्टीभाइरल रिकम्बिनेन्ट ह्युमन इन्टरफेरोन अल्फ २ बी प्रभावकारी देखिँदै गएपछि यस उद्योगको ख्याति चुलिँदो छ । अहिलेको कठिन समयमा हेबेरोन ब्रान्डबाट संसारभर वितरण भइरहेको क्युबियन इन्टरफेरोन प्रयोग गर्नका लागि झन्डै ८० देशले इच्छा देखाएका छन् ।

स्रोत : ग्रान्मा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप