शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

३२ वर्षका मराठी अभिनेताद्वारा आत्महत्या

बिहीबार, १५ साउन २०७७, १० : ११
बिहीबार, १५ साउन २०७७

मराठी अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनकारी दिएका छन् । उनी ३२ वर्षका थिए । स्रोतका अनुसार आशुतोषले महाराष्ट्रको नान्देडस्थित आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार आशुतोषको शव नान्देडस्थिती उनको बंगलामा झुण्डिएको अवस्थामा फेला परेको हो । आशुतोष एक महिना अघि मात्रै नान्देड आएका थिए । मराठी फिल्म इन्डिष्ट्रिमा आशुतोषको निधनले शोकको लहर छाएको छ ।

आशुतोषको अचानक मृत्यु भएको खबर उनका प्रशंसक शोकमा छन् । उनले आत्महत्या गर्नुको कारण पनि खुल्न सकेको छैन ।

आशुतोष फिल्म तथा टिभी अभिनेत्री मयुरी देशमुखका श्रीमान् थिए । २१ जनवरी २०१६ मा मयुरी र आशुतोष विवाह बन्धनमा बाँधिएका थिए ।

चर्चित अभिनेता थिए आशुतोषः

आशुतोष इन्डिष्ट्रिमा निकै चर्चित थिए । उनले Ecchar Tharla Pakka नामको फिल्ममा काम गरेका थिए । यो फिल्म असाध्यै चर्चित भएको थियो । मयुरी पनि मराठी इन्डष्ट्रिकी चर्चित नायिका हन् । उनले Khulta Kali Khulena बाट घर–घरमा पहिचान पाइन् । दुबैको अभिनय असाध्यै रुचाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप