शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – भारतको रेलमा आगो सल्कदा ३२ को मृत्यु

बिहीबार, १५ साउन २०७७, ०७ : १४
बिहीबार, १५ साउन २०७७

आज जुलाई ३० । सन् २०१२ मा आजैका दिन भारतमा रेलमा आगलागी हुँदा कम्तिमा ३२ यात्रुको ज्यान गयो भने २७ जना घाइते भए । चेन्नईका लागि हिँडेको तमिलनाडु एक्सप्रेस आन्द्र प्रदेशस्थित नेल्लोर नजिकै आइपुग्दा बिहान ४ बजेर २२ मिनेटमा आगलागी भएको थियो । २० मिनेटभित्रै आगोले एस–११ स्लिपर कोचमा विध्वंश मच्चायो । रेलवेका आपतकालिन सेवाका कर्मचारीले आगोलाई अन्य कोचतर्फ फैलनबाट रोके । एस–११ स्लिपर कोचमा सिट रिजर्भ गरेर ७२ यात्रु यात्रारत थिए भने भने सिट रिजर्भ नगर्ने कम्तिमा थप ६ जना पनि सवार थिए । 

बिहान ४ बजेर १५ मिनेट जाँदा नेल्लोर स्टेशन हुँदै हिँडेको रेलमा त्यसको ७ मिनेटपछि आगलागी भयो । यस रेलमाको गति झन्डै ७० किलोमिटर प्रतिघण्टा थियो ।  जब रेलवे क्रसिङका गेटम्यानले एस–११ कोचबाट धुवाँ निस्किएको देखे, त्यसपछि अधिकारीहरुलाई जानकारी दिए र ड्राइभरले रेल रोके । तीव्र हावा चलिरहेका कारण कोचमा चाँडै आगो फैलिएको थियो ।

आगलागिपछि झन्डै २५ जना यात्रुहरु रेलको पछाडिपट्टीको प्रवेशद्वारबाट भागे भने १० जनाले ज्यान जोगाउनका लागि रेलबाटै हामफाले । कम्तिमा १५ जना व्यक्ति रेलबाट निस्कने प्रयास गर्दा गर्दै ज्यान गुमाउन बाध्य भए भने कतिपयले सुतिरहेकै अवस्थामा ज्यान गुमाए ।

नेल्लोरका विभिन्न अस्पतालमा २७ जना घाइतेलाई उपचारका लागि लगियो । रेलवेको इमर्जेन्सी टिमको सक्रियताका कारण एस–११ कोचबाट अन्य कोचमा आगो फैलन भने पाएन । स्थानीय प्रहरीले विद्युत सर्ट हुँदा यस घटना घटेको अनुमान लगायो, यद्यपी गुडिरहेको रेलमा आगलागी हुनुको ठ्याक्कै कारण अझै पत्ता लागेको छैन । भारत सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही ५ लाख भारु क्षतिपुर्ति स्वरुप उपलब्ध गराएको थियो ।

अन्य घटनाक्रम

सन् १८३६– अमेरिकाको हवाईमा अंग्रेजी भाषाको पहिलो पत्रिका प्रकाशित ।

सन् १९४२– जर्मन सेनाद्वारा बेलारुसको मिन्स्कमा २५ हजार यहुदीको हत्या ।

सन् १९६६– इङल्यान्डलाई पहिलोपटक विश्वकप फुटबलको उपाधि ।

सन् १९८०– भानुआतु देशलाई स्वतन्त्रा मिल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप