शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्तका पिताले अनेकौं आरोप लगाएपछि रिया चक्रवर्ती पुगिन् सर्वोच्च अदालत

बिहीबार, १५ साउन २०७७, ०६ : ०५
बिहीबार, १५ साउन २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा उनकी कथित प्रेमिका रिया चक्रवर्तीले सर्वोच्च अदालत समक्ष उनीविरुद्ध पटनामा दर्ता गरिएको मुद्दा मुम्बईमा ट्रान्सफर गर्न आग्रह गरेकी छिन् ।

रियाले सर्वोच्च अदालतलाई सुशान्त सिंहको मृत्युबारे अनुसन्धान मुम्बई प्रहरीले गरिरहेको र उनको आफ्नो बयान पनि प्रहरीलाई दिइसकेको जानकारी दिएकी छिन् ।

सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजिव नगर थानामा रियाविरुद्ध एफआइआर दर्ता गराएका थिए । रियाले आफूलाई सुशान्तकी प्रेमिका बताउँथिन् तर सुशान्तका पिताले उनको छोराको मृत्यु रियाकै कारण भएको दाबी गरेका छन् ।

सुशान्तको मृत्युको अनुसन्धान सिबिआईमार्फत् गराउन पनि माग भइरहेको छ । यद्यपि, महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनको सरकारले सुशान्त सिंहको मामिला सिबिआईलाई नसुम्पने स्पष्ट पारिसकेका छन् ।

सुशात सिंह राजपूतको मृत्यु प्रकरणमा उनका पिताका वकिल विकास सिंहले पटना प्रहरीले एफआइआर दर्ता गर्न हिच्किचाइरहेको बताएका थिए तर मुख्यमन्त्री नितिश कुमार र मन्त्री सञ्जय झाले भनेपछि मात्रै एफआइआर दर्ता भएको हो ।

 विकास सिंह पूर्व एडिशनल सोलिसिटर जनरल हुन् र सर्वोच्च अदालतका वरिष्ठ वकिल हुन् । मंगलबार सुशान्त सिंह राजपूतका पिता के.के सिंहले पटनामा सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गराएका छन् ।

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप