ओखलढुंगामा एक जना मृतावस्थामा फेला
बुधबार, १४ साउन २०७७, १६ : ४९
ओखलढुंगाको मोलुङ गाउँपालिका ४ मोलुङ खोलामा बुधबार बिहान एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका ३ स्थाई घर भएका अन्दाजी ३१ वर्षीय छबि दाहाल खोलाको किनारमा मृतावस्थामा फेला परेका हुन् । मंगलबार दिउँसो घरपरिवारलाई बिना जानकारी घरबाट निस्किएका उनलाई बुधबार बिहान मृतावस्थामा खोलाको किनारमा आफन्तले फेला पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।
मानसिक सन्तुलन कमजोर भएका दाहाललाई खोलामा मृतावस्थामा फेला पारेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खबरलगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर
-
तीन तहबिच स्रोतको न्यायोचित वितरण सुनिश्चित हुन्छ : प्रधानमन्त्री प्रचण्ड
-
सहकारी समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्छः मन्त्री अधिकारी
-
सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
-
प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन हुन्छ : प्रधानमन्त्री प्रचण्ड