शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जाडो मौसममा कोरोनाभाइरसको संक्रमण थप भयावह बन्ने

बुधबार, १४ साउन २०७७, १५ : ५४
बुधबार, १४ साउन २०७७

युरोप र चीनका अनुसन्धानकर्ताहरुले संयुक्त रुपमा गरेको अध्ययनले तापक्रम र वातावरणको आद्रताले कोभिड–१९ (कोरोनाभाइरस)को लक्षण विकासमा भूमिका खेल्ने पत्ता लगाएको छ । ४० हजारभन्दा बढी कोभिड–१९ बिरामीको नतिजालाई तुलना गरेर गरिएको यस अध्ययनअनुसार गर्मी महिनाको तुलनामा जाडो मौसममा यो रोग निकै भयावह हुन्छ र सुख्खा भित्री हावाले रोग फैलाउनसक्छ । 

धेरै भाइरसहरुका बिरामी सिजनल हुन्छन् र विशेषगरी जाडो महिनामा यस्ता भाइरसको संक्रमण सामान्य मानिन्छ, तर कोभिड–१९ निम्त्याउने सार्स –कोभ–२ यस्तै प्रकृतिको हो वा होइन भन्ने विषय अहिलेसम्म पत्ता लागिसकेको छैन । 
यसअघिका अध्ययनअनुसार तापक्रम र आद्रता बढेपछि भाइरसको फैलावट कम हुँदै जाने देखिएको थियो, ती अध्ययनले यसलाई सिजनल प्याट्रनको भाइरस हुनसक्ने पनि भनेका थिए, तर नतिजा अस्थिर देखियो । 

प्रकाशित हुन बाँकी रहेको अहिलेको सोधमा अनुसन्धानकर्ताहरुले  क्रोयशिया, स्पेन, इटली, फिनल्यान्ड, पोल्यान्ड, जर्मनी, बेलायत र चीनमा अस्पताल भर्ना भएका झन्डै ७ हजार बिरामीको तथ्याङ्क विश्लेषण गरेका छन् ।  जसअनुसार तापक्रम र आद्रता बढेसँगै युरोपेली देशमा अस्पताल भर्ना हुने, आईसियु वा भेन्टिलेसनको आवश्यकता पर्ने बिरामीहरुको संख्या कम भयो । त्यस्तै, कोभीडको मृत्युदर पनि कम हुँदै गयो, हरेकपटक एक डिग्री सेल्सियस तापक्रम बढ्दा १५ प्रतिशतले मृत्युदरमा कमी आयो । 
यता, चीनमा कडा लक्षण र मृत्युदर पहिलो लहरको महामारीका दौरान स्थिर नै रह्यो, चीनमा महामारीको पहिलो लहर केवल जाडोयाममा देखिएको थियो ।  

एपमार्फत जोडिएका ३७ हजारभन्दा बढी बेलायती प्रयोगकर्ताबारे डाटा अध्ययन गर्दा पनि मार्चदेखि मेइसम्म बेलायतको तापक्रम बढ्दा कोभीड–१९ को कडा लक्षणमा कमी आएको देखियो । 

सार्स–कोभ–२ तातो मौसममा फैलनसक्ने स्पष्ट नै भएपनि पूर्वी एशियाका आद्रतायुक्त देशमा युरोपको दाँजोमा कडा संक्रमित र मृत्यु हुनेको संख्या धेरै कम देखिएको थियो । किङ्स कलेज लण्डनका प्रोफेसर टिम स्पेक्टर भन्छन्, ‘यस अध्ययनले कोभीड–१९ को संक्रमण, लक्षण र सुधारबारे सकेसम्म धेरैभन्दा धेरै मानिसबाट दिर्घकालिन डाटा संकलन गर्ने विषयको महत्वलाई जोड दिन्छ । रोगको फैलावट र यसलाई कडा बनाउनका लागि योगदान गर्ने धेरै पक्षबारे बुझेर हामीले आगामी महिनाहरुमा रोकथामका प्रभावकारी उपाय अबलम्ब गर्नसक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप