शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धुर्मस सुन्तली फाउण्डेसनलाई ‘फोरम अफ नेप्लिज’अमेरिकाद्धारा सहयोग प्रदान

सोमबार, २६ भदौ २०७४, १८ : ३२
सोमबार, २६ भदौ २०७४

काठमाडौं – अमेरिकामा रहेका नेपालीहरुको साझा संसथा फोरम अफ नेप्लिज इन अमेरिका ( फोना) ले ३ लाख ६८ हजार १ सय ६ रुपैयाँ  धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान गरेका छन् ।  

सोमबार  फोनाका सचिव प्रकाश पाण्डेय र सादसरण सदस्य शशी राइले फाउण्डेसनको केन्द्रिय कार्यलय पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए ।  तराई क्षेत्रमा भएको बाढी तथा डुबानबाट पिडितहरुको सहयोगार्थ सहयोग प्रदान गरिएको बताएका छन् ।

 
‘विदेशमा दुःखले आर्जन गरिएको पैसा फाउण्डसन मार्फत विस्वासका साथ दिइएका छौं’ सचिब पाण्डेयले भने, सहि सदुपयोग हुनेमा पुर्ण विस्वास राखेका छौं । 
चारसय भन्दा बढि नेपालीहरु आवद्ध रहेको उक्त संस्था फोरम अझ नेप्लिज इन अमेरिकाले नेपालको विपत्ति,प्राकृतिक प्रकोपहरुमा परि पिडित भएकाहरुलाई सहयोग गर्दै आइरहेको छ । उक्त  सस्थाले भुकप्प प्रभावित क्षेत्र गोरखा र काभ्रेमा पनि घर निर्माणमा सहयोग पुर्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप