शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हथौडा जस्तो टाउको भएको सार्क माछा

बुधबार, १४ साउन २०७७, ०६ : ४६
बुधबार, १४ साउन २०७७

 

 

समुद्रमा एक अनौठो किसिको सार्क माछा पाइन्छ, जसको टाउकोमा घन (ह्याम्मर) जस्तो ठुलो फैलिएको डल्लो हुन्छ । त्यही डल्लोको कारण यस सार्कलाई ह्यामर हेड सार्क भनिन्छ ।

समुद्रमा करीब १० थरिका सार्कमाछाहरु पाइन्छन् । ती मध्येको एक यो सार्क हो ।

यो सार्क अरु माछाहरु भन्दा एकदमै चुस्तताका साथ पूरै मोडिन सक्छ । यस काममा त्यसको फैलिएको मासुको भागले यो सार्कलाई पानीमा एकदमै घुमाउरो मोडिन मद्दत गर्छ । त्यसै गरी, यसको त्यो मासुको डल्लोको छेउमा हुने आँखाले यो माछालाई आफ्नो शिकार पहिल्याउने पनि मद्दत गर्छ । अति छोटो तैरिने यो सार्कमाछाको तीखो दाँत हुन्छ र यो ४ मिटर (१३ फिट भन्दा बेसी) लामै हुन्छ ।

सामान्यतः यो सार्क आकारमा सानो हुने भएकोले मानिसको लागि त्यति खतरनाक मानिँदैन । तर केही ह्यामरहेड सार्क अति ठूला आकार पनि हुने गर्छन् । तिनीहरु भने मानिसका लागि खतरनाक हुन सक्छन् । तर अहिलेसम्म यस सार्कले मानिसलाई आक्रमण गरेको घटना कमै मात्र रेकर्ड भएका छन् ।

Title Photo: https://ychef.files.bbci.co.uk

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप