प्रदेश २ भ्रष्टाचारको अखडा बन्योः सांसद कुश्वाहा
रौतहट । प्रदेश सांसद कुन्दन कुश्वाहाले प्रदेश २ मा भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन । रौतहटको कटहरिया स्थित मंगलवार एक कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रदेश सांसद कुश्वाहाले प्रदेश २ सरकार भ्रष्टाचारीको अखडा बनिसकेको टिप्पणी गरेका हुन् ।
मधेशवादी नेताहरुको नियतमा खोट भएकै कारण मधेशको विकास हुन नसकेको कुश्वाहाले बताए । प्रदेश २ मा वार्षिक ४० अर्ब रुपैयाको विकासको बजेट छ । जुन ८ वटा जिल्लामा भाग लगाँउदा प्रत्येक जिल्लाको हकमा ५ अर्ब रुपैया पर्छ ।
स्थानीय तहमा वार्षिक करोडको बजेट आउँदा कर्मचारीको तलव, सामाजिक सुरक्षाभत्ता, शिक्षा, स्वास्थ लगायत शीर्षकमा लगानी गर्नु पर्दछ । तर प्रदेशले अन्य कुनै क्षेत्रमा लगानी गर्नुपर्दैन र त्यत्रो ठुलो रकमको अधिकांश हिसा मन्त्रीहरुले आफना नातागोता र कार्यकर्ता पाल्न दुरुपयोग गरिरहेको प्रदेश सांसद कुश्वाहाले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद
-
घाँटीमा समस्या देखिएपछि केपी ओलीको सुटिङ रोकियो
-
सेमिफाइनलमा निराशाजनक प्रदर्शन गर्दै उपाधि होडबाट बाहिरियो नेपाल
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश