बारामा एक अर्बभन्दा बढी रकम फ्रिज
बारामा गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । जिल्लास्थित विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।
आर्थिक बर्ष २०७६/०७७ मा सङ्घ र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षका लागि जिल्लाका विभिन्न कार्यालयमा सङ्घीय सरकारबाट प्राप्त भएको रकममध्ये रु ५७ करोड एक लाख ५४ हजार पाँच सय ४६ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये रु ६८ करोड ९० लाख दुई हजार ९ सय ५९ गरी कूल रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको छ ।
निमित्त प्रमुख अधिकारीका अनुसार गत आर्थिक वर्षमा सङ्घबाट चालूतर्फ प्राप्त कूल रु नौ अर्ब १० करोड १९ लाख ७८ हजार सात सय १२ मध्ये आठ अर्व ८६ करोड ५७ लाख १२ हजार ८८ मात्र खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ९८ करोड २१ लाख ९० हजार ९ सय ९९ मध्ये रु ६४ करोड ८२ लाख ४३ हजार ८ सय ७६ खर्च भएको छ ।
यसैगरी प्रदेश सरकारबाट चालूतर्फ प्राप्त कूल रु एक अर्ब एक करोड ९० लाख ४६ हजार ९ सय २७ मध्ये रु ७० करोड ६७ लाख ४९ हजार पाँच सय २१ खर्च भएको छ । त्यस्तै पूँजीगततर्फ प्राप्त कूल रु ७७ करोड ३५ लाख मध्ये ३९ करोड ६७ लाख ९४ हजार चार सय ४६ खर्च भएको निमित्त प्रमुख अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा