महाबौद्धमा ‘हाइअर्लट’ : व्यवसायीहरुको कोरोना परीक्षण गरियो, तस्विरमा हेर्नुहोस्
काठमाडौँ महानगरपालिका वडा नम्बर–२७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्नेमा कोरोना पोजेटिभ देखिएपछि सो क्षेत्रमा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । वडा कार्यालयले सोमबार मात्र संक्रमित व्यापारीको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको थियो ।
भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको थियो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका छन् ।
वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरिएको छ । मंगलबार सो क्षेत्रका व्यवसायी लगायत सर्वसाधरणको कोरोनापरीक्षण गरिएको छ । तस्विरमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा