शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मिस युके नेपाल– २०१७ को उपाधि सिर्जना गुरुङको पोल्टोमा

सोमबार, २६ भदौ २०७४, १७ : ०२
सोमबार, २६ भदौ २०७४


काठमाडौं । पिपल मोर्गेजेज छैटौं मिस युके नेपाल २०१७ को उपाधी सिर्जना गुरुङले जित्दै नयाँ मिस युके नेपालको ताज पहिरिएकी छिन् भने सिर्जना गुरुङ– मिस युके नेपाल सेकेण्ड रनर अप – लिसा सुनार, सुजना पुनले मिस युके नेपाल फस्ट रनर अपको  उपाधि प्राप्त गरिन् ।

आईतबार अल्डर्सटको एम्पाएर हलमा सम्पन्न भएको फाईनल राउण्डमा अन्य ६ सब टाइटल अवार्ड पनि प्रदान गरिएको छ । बिजेताहरुमा मिस पब्लिक चोईस अवार्ड – एलिन गर्बुजा, मिस पर्सनालिटी – एलिन गर्बुज, मिस बेस्ट वाक – सुजाना पुन, मिस बियुटी विथ द पर्पोज – एलेन गर्बुज, मिस ट्यालेन्ट लिसा सुनार रहेका छन् ।

कार्यक्रममा प्रतियोगीहरुले अफिसियल कोरियोग्राफर माल्भिका सुब्बाको कोरियोग्राफीमा प्रस्तुती दिएका थिए । कार्यक्रममा विविध सांगितिक कार्यक्रम र नृत्य पनि प्रस्तुत गरिएका थिए । कभर गीतका माध्यमबाट पपुलर भएका जोडी भिजे र ज्योती घिमिरे जोडीको पनि प्रस्तुती रहेको थियो ।

नेपाली दुताबासका तर्फबाट काउन्सिलर शरद राज आराणा को प्रमुख आतिथी रहेका थिए भने कार्यक्रममा अन्य अतिथी एनआरएनए हङकङ अध्यक्ष टिका देबी गुरुङ, एनआरएनए युकेका नव निर्वाचित अध्यक्ष योग फगामी, पूर्व अध्यक्षहरु विभिन्न संघ संस्थाका प्रतीनिधीहरु लगायत नायक अनुप बिक्रम शाहि, गितकार दुर्गा घले, नायक ध्रुब दत्त, गायक सपन राई, ईएमएच लिमिटेड युकेका सिईओ गितकार ईश्वर चाम्लिङ, गीतकार  कबी नबराज राई, शशी थापा सुब्बा, प्रशुना कंडेलको पनि कार्यक्रममा उपस्थिती रहेका थिए ।

निर्णायक मण्डलमा संचारकर्मी बिमला सेने, गायक आनन्द कार्की, मिस युके नेपाल २०१२ दुर्गा गुरुङ, डा। रेणुका गुरुङ र कृष्ण भट्ट रहेका थिए । मिस युके नेपाल २०१४ निया देवान र दिनेश रोकाले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा मिस युके नेपाल २०१६ टेनिशा रानाले नयाँ मिस युके नेपाल छानिनु अघि आफ्नो अनुभव सुनाउँदै धन्यबाद ज्ञापन गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप