शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा फरार अभियुक्त पक्राउ

मङ्गलबार, १३ साउन २०७७, १२ : ४५
मङ्गलबार, १३ साउन २०७७

सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ ।
 
विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ । ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा रु २८ हजार ७१३ जरिवाना असुल गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक/एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक/एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ । 

त्यस्तै यही साउन ११ गते सवारीज्यान मुद्दा, चेक अन्धर  मुद्दाका दुई÷दुई, सम्बन्धविच्छेद, गाली बेइज्जत, जारी मुद्दा तथा करकाप मुद्दाका एक/एक गरी आठ र  हिजो (सोमबार) कर्तव्य ज्यान, सवारी ज्यान, जबर्जस्ती करणी, केही सार्वजनिक मुद्दा, जारी मुद्दा, लुटपाट, सम्बन्धविच्छेद मुद्दाका गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप