स्थायी समिति बैठक बस्ने भन्दै बालुवाटार पुगे ओलीइतर समूहका नेताहरु
मङ्गलबार, १३ साउन २०७७, १२ : २१
काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गरेपनि ओलीइतर समूहका नेताहरु बैठक नरोकिने भन्दै बालुवाटारमा पुगेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता बैठक बस्ने तयारीस्वरुप इतर समूहका नेताहरु बालुवाटारमा पुगेका छन् । बालुवाटार पुग्नेमा प्रचण्डसहित सचिवालयका नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, बामदेव गौतम समेत रहेका छन् । यस्तै स्थायी समितिका सदस्यहरु पनि बालुवाटारमा पुग्ने क्रम जारी रहेको छ ।
बैठक कक्षमा पुगेर नेताहरु अहिले आन्तरिक छलफलमा रहेका छन् भने सो क्रममा प्रचण्डले बैठक स्थगितबारे आफूलाई कुनै जानकारी नरहेको बताएको एक नेताले रातोपाटीलाई जानकारी दिए । पार्टीभित्र विवाद चर्किँदै जाँदा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु