शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए वेलायतको अध्यक्षमा योग फगामी निर्वाचित

सोमबार, २६ भदौ २०७४, १६ : ४१
सोमबार, २६ भदौ २०७४

लण्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको अध्यक्षमा योग फगामी निर्वाचित भएका छन् ।  एनआरएन बेलायतको सातौं राष्ट्रिय महाधिवेशनमा फगामीले १२९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६० मत मात्र पाए ।
त्यसैगरी उपाध्यक्षमा डा. प्रेम बहादुर आले, प्रेम गाहा मगर, पुनम गुरुङ्ग,शेरबहादुर सुनार,ललितकुमार न्यौपाने र सुशिला राई निर्वा्िचत भएका छन् । महासचिबमा राजकुमार त्रिपाठी १०४० मत ल्याउदै विजयी भए भने उपमहासचिबमा विनय अधिकारी, सचिबमा तारानाथ भण्डारी, सुरज मास्के र नारायण पौडेल, कोषध्यक्षमा सचिन श्रेष्ठ, सह–कोषाध्यक्षमा गजेन्द्र गुरुङ्ग निर्वाचित भए । युवा संयोजकमा कुमार थापा ९८७ र लालबहादुर गुरुङ्ग १३०५ मत ल्याएर विजयी भए । सदस्यहरुमा पवन राई, पवन शर्मा, बिमला लिम्बु, गंगाबहादुर राना, अर्कराज तिम्सिना, डेविन्द्र थापा, होमनाथ पौडेल,मुकेश राना र जीतबहादुर रानाभाट निर्वाचिचत भएका छन् ।
महिला संयोजक लिला देवी गुरुङ निर्वीरोध भइन् उनको एकल उम्मेदवारी परेपछि गुरुङ निर्विरोध भएकी हुन् । त्यस्तै बेलायतबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसी सदस्य कुमारी गुरुङ, जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर निर्वाचित भएका छन् ।

बेलायती गोर्खा सैनिकमा १८ बर्ष सेवा गरेर सार्जन्ट पदबाट अवकाश लिएका योगकुमार फगामी पहिलो गोर्खा राईफल्समा कार्यरत रहदा एउटा जेहेन्दार सैनिक थिए । उनी विद्यार्थी जीवनदेखिनै सामाजिक कार्यमा सक्रिय थिए ।यसअघि उनि संघको उपाध्यक्ष भएर काम गरिसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप