बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा रोकिएका पर्यटक भन्छन्ः ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं’

सोमबार, १२ साउन २०७७, २३ : ०९
सोमबार, १२ साउन २०७७

पोखरा । ‘स्वदेश फर्किनुभन्दा नेपालमै हामी सुरक्षित छौं, अहिले हाम्रो देशमा कोरोना संक्रमणको जोखिम बढेको छ,’ रोक्सीले भनिन्, ‘अमेरिकाको लस एन्जल्समा मेरो घर छ । तर, सुरक्षित तरिकाले मेरो घर पुग्ने उपाय मसँग छैन ।’ रोक्सी पहिलोपटक नेपाल आएकी हुन् । उनले सुनेकी थिइन् रे, नेपाल धेरै सुन्दर छ । यहाँका मान्छे पनि उत्तिकै मनकारी छन् । जति प्राकृतिक सुन्दरता नेपालमा छ । एकपटक जसरी भएपनि नेपाल भिजिट गर्ने ठूलो रहर बोकेर आएकी रोक्सी अहिले लकडाउनको कारण नेपालमै लक भएर बसेकी छिन् । 

अबको १५ दिनपछि अन्तर्राष्ट्रिय हवाई उडान खुला हुँदैछ । रोक्सीलाई १५ दिनभित्रमा नेपाल छोडेर जानुपर्ने छ । तर, उनी तत्काल नेपाल छोड्न चाहान्नन् । हजारौंको संख्यामा बढी रहेको संक्रमितको संख्याले उनलाई तर्साउछ । घर त जसरी भए पनि जाउँला । तर, बाटैमा संक्रमित भए के गर्ने ?

रोक्सी जस्तै अहिले पोखरामा २ सय ५० जति पर्यटक छन् । जो लकडाउनअघि आएका थिए । भिषाको म्याद सकिएर उडान खुलेलगत्तै आफ्नो देश फिर्ता हुनुपर्ने बाध्यता रहेपनि तत्काल स्वदेश फिर्ता हुन चाहादैनन् । लकडाउन अवधिभर प्राकृतिक सौन्दर्यको भरपुर आनन्द लिएर बसेका पर्यटकलाई लकडाउन खुलेसँगै स्वदेश फिर्ता हुनुपर्ने बाध्यताले खुबै पिरोलेको छ । 

तत्काल स्वदेश फर्कन नसक्ने र नचाहने भन्दै केही समयको लागि म्याथ थप गर्न आग्रह गरेका छन् । अमेरिका, अष्ट्रेलिया, उरुग्वे, इटली लगायत युरोपेली मुलुकका ७ पर्यटकले सोमबार पोखरेली पत्रकारलाई डाकेर आफूहरुको आवाज सरकार सामू पु¥याईदिन आग्रह गरेका छन् । स्वदेश फिर्न हुनसक्ने अवस्था नरहेको भन्दै लकडाउन अवधिको समय कभर हुने गरि वैधानिक रुपमा बस्न पाउने व्यवस्था गरिदिन उनीहरुले माग राखेका छन् । 

नेपाल सरकारले अगष्ट १७ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी गरेको छ । भिषाको म्याद सकिएर नेपालमा बस्दै आएका पर्यटक उडान खुलेको १५ दिनभित्र नेपाल छाड्नुपर्ने हुन्छ ।  उनीहरु कोही पनि स्वदेश फिर्न इच्छुक छैनन् । 
उरुग्वेका मार्टिनको पनि घर फर्किने कुराले मात्रै पनि खुट्टा काँपेका छन् । घर फर्कि नसक्दै संक्रमित होइने पो होकि भन्ने चिन्ताले उनलाई खुब पिरोलेको छ । भिषाको म्याद थपेर केही समय नेपालमै बस्न पाए सुरक्षित होइन्थ्यो कि भन्ने उनलाई लागेको छ रे ! 

पदयात्रा गर्ने हेतुले नेपाल आएका उनी अझैं केही समय नेपालमै बस्न चाहन्छन् । ‘म अझैं केही समय नेपालमा बस्न चाहन्छु, अहिले मेरो देशमा कोरोना संक्रमण बढिरहेको छ,’ उनले भने । नेपालमा अहिले पनि करिब १५ सयजति पर्यटक रहेको उनीहरुले दाबी गरेका छन् । विभिन्न देशबाट  नेपाल घुमफिर गर्न आएका ती पर्यटकलाई आफ्नो देश फिर्ता जाने रहर छैन । नेपालमै बस्न चाहन्छन् । कोही भने स्वदेश फिर्ता हुन नसक्ने अवस्थामा पुगेका छन् । आफ्नो देशभन्दा नेपाल नै सुरक्षित ठानेका उनीहरु देश सम्झेर भावुक पनि बने ।

उडान सुरु हुनासाथ तत्काल विदेशी पर्यटकलाई स्वदेश फिर्ता नपठाउन पश्चिमाञ्चल होटल संघले पनि आग्रह गरेको छ । केही समय म्याद थपेर पर्यटकहरुलाई नेपालमै राख्न सके ४ महिनासम्म ठप्प बनेको पर्यटन क्षेत्रको अर्थतन्त्र पनि चलायमान हुने संघका अध्यक्ष विकल तुलाचनले बताए । 

‘नेपालमा रहेका अधिकांश विदेशी पर्यटकहरुले आफ्नो घरभन्दा नेपाल सुरक्षित ठानेका छन् । यात्रा र ट्रान्जिट उच्च जोखिममा रहेको अवस्थामा आफूहरु यात्राका क्रममा संक्रमित हुनेमा उनीहरु सशंकित छन्,’ उनले भने । नेपाल रहनका लागि आवश्यक सबै प्रक्रिया पुरा गर्न आफूहरु तयार रहेको र आफ्नो देशका नेपाल स्थित दूतावासलाई समेत यसका लागि पहल गर्न पर्यटकहरुले आग्रह गरिसकेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप