सिलवाल पुनः राखेपको सदस्यसचिवमा नियुक्त, उपाध्यक्षमा कोइराला
सोमबार, १२ साउन २०७७, १९ : ५२
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् ।
सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको मन्त्रिपरिषदमा सहभागि एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो ।
त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)