बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा १५ किलो चरेशसहित ६ जना पक्राउ

सोमबार, १२ साउन २०७७, १८ : ४०
सोमबार, १२ साउन २०७७

बुटवल । दाङको घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जना पक्राउ परेका छन्  । ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उ.म.न.पा. २५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नपा–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गापा–५ बस्ने वर्ष ४० की कमला घर्तीलाई पक्राउ गरेको छ ।

त्यस्तै पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गापा ४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विक समेत रहेको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय, दाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप