बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अजोड इन्स्योरेन्सको सेयर सूचीकरण

सोमबार, १२ साउन २०७७, १७ : १९
सोमबार, १२ साउन २०७७

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सेयर सूचीकरण गर्ने सम्झौता  भएको छ । अजोडको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको एक करोड कित्ता सेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको हो । 

कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा १ करोड कित्ता सेयर सूचीकरण भएको हो । 

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप