शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंँडामा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु

सोमबार, १२ साउन २०७७, १६ : २३
सोमबार, १२ साउन २०७७

हेटौंडा । हेटौंँडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न २ जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ट्रयाक्टर धरान –चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा दुर्घटना हुँदा वाग्मती गाउँपालिका-६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती– ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बा घाइते भएका छन् । 

हेटौंँडाबाट निर्माण सामग्री बोकेर वाग्मती गाउँपालिकाको फापरबारी भन्ने ठाउँमा जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रानाका अनुसार घाइते एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्रयाटर चालक भने फरार रहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप