शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोनाभाइरस संक्रमित बढ्दै

सोमबार, १२ साउन २०७७, १४ : ५१
सोमबार, १२ साउन २०७७

छिमेकी मुलुक भारतमा विश्वमै सबैभन्दा तीव्र गतिमा कोरोनाभाइरसको महामारी फैलिरहेको छ । पछिल्लो हप्ता २० प्रतिशतको दरले भारतमा कोरोनासंक्रमितहरु बढेको ब्लुमबर्ग कोरोनाभाइरस ट्रयाकरले जनाएको हो ।

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १४ लाखभन्दा बढी रहेको छ भने ३२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सोमबार देशमा करिब ५० हजार संक्रमित भेटिएका छन् । कूल संक्रमितको संख्यामा भारत अमेरिका र ब्राजिलभन्दा मात्र पछि रहेको छ । तर, नयाँ संक्रमित फेला पर्ने संख्या तीव्ररुपमा वृद्धि भइरहेको छ ।

महाराष्ट्र, तमिलनाडु, आन्ध्रप्रदेश र कर्नाटकामा एकै दिनमा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । संक्रमितको संख्या बढेसँगै विश्वकै दोस्रो धेरै जनसंख्या भएको देशले परीक्षणको दायरा पनि फराकिलो बनाउन सुरु गरेको छ । आइतबार ५ लाख १५ हजार ४७२ जनाको नमुना संकलन गरिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ ।

यसका बावजुद भारत र ब्राजिलमा विश्वकै कम परीक्षण दर रहेको छ । दुई देशमा प्रति १ हजार जना व्यक्तिमा क्रमशः ११.८ र ११.९३ जनाको परीक्षण गरिएको छ । अमेरिकामा यो दर १५२.९८ र रुसमा १८३.८४ रहेको छ ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप