शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया गएका व्यक्ति कोरोना संक्रमित थिएनन्ः दक्षिण कोरिया

सोमबार, १२ साउन २०७७, १३ : १०
सोमबार, १२ साउन २०७७

उत्तर कोरियामा जुन व्यक्तिलाई पहिलो कोरोना संक्रमित बताइएको छ, उनलाई पहिलेदेखि नै कोरोना संक्रमण नभएको दक्षिण कोरियाले बताएको छ ।

जुन व्यक्ति कोरोना संक्रमित भएको आशंका छ उनी तीन वर्ष अघि दक्षिण कोरियामा भागेर पुगेका थिए र गत हप्ता मात्रै उत्तर कोरिया फर्किएका थिए ।

दक्षिण कोरियाले ती व्यक्ति पानीको पाइपबाट दक्षिणी द्वीप पुगेको र त्यसपछि साढे एक किलोमिटरसम्म पौडी खेलेर उत्तर कोरिया पुगेको जानकारी दियो ।

गत हप्ताको अन्त्यमा उत्तर कोरियाले आफ्नो देशमा कोभिड–१९ का पहिलो संदिग्ध भेटिएको बताएको थियो ।

उत्तर कोरियाले बिरामी उत्तर कोरियाली नागरिक भएको र दक्षिण कोरियाबाट फर्किएको जानकारी दिएको छ ।

तर दक्षिण कोरियाले भन्यो, ‘न त ती व्यक्तिको नाम कोरोना संक्रमितको रुपमा दर्ता थियो न नै उनी कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए ।’

कथित भगौडा व्यक्तिसँग सम्पर्कमा आएका दुई व्यक्तिको परीक्षण गरिएको छ र दुबैको परीक्षण नेगेटिभ आएको  छ ।

चीनपछि सबैभन्दा पहिले दक्षिण कोरियामा नै कोरोनाभाइरसको प्रकोप पुगेको थियो ।

तर उत्तर कोरियाले सुरुदेखि नै आफ्नो देशमा कोही पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, केही विश्लेषकले भने यस्तो हुनु मुश्किल भएको बताएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप