शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ डाक्टरले भने, ‘ऊहानले जानकारी लुकायो’

सोमबार, १२ साउन २०७७, १२ : ५३
सोमबार, १२ साउन २०७७

चीनमा कोरोनाबारे सुरुमै पहिचान गर्नेमध्ये एक डाक्टरले स्थानीय अधिकारीले सुरुवाती संख्या लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

प्राध्यापक क्वांक–युग युनले ऊहानभित्र अनुसन्धान गर्न मद्दत गरेका थिए । उनले त्यहाँ प्रमाण लुकाइएको  र क्लिनिकल फाइन्डिङ रेस्पोन्सको गती पनि कम गरेको बताएका छन् ।

भाइरस हुनान मार्केटबाट फैलिएको मान्यता राखिन्छ तर प्राध्यापक युनका अनुसार अनुुसन्धानकर्ता उक्त मार्केटमा पुग्दा स्थानीय प्रशासनले उक्त इलाकालाई पहिले नै डिसइन्फेक्ट गरिसकेको पाइएको थियो । कोरोना भाइरसको उत्पत्तिको महत्वपूर्ण प्रमाण मेटिएको थियो ।

उनका अनुसार सबैभन्दा महत्वपूर्ण समय त जनवरीमा नै बितिसकेको थियो किनभने त्यतिबेलासम्म प्रशासनले भाइरस मानिसबाट मानिसमा सर्छ भनेर स्विकार गरेकै थिएन ।

स्रोतः बीबीसी   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप