शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता खानेकुरा जुन खान चाहिन्छ हिम्मत

सोमबार, १२ साउन २०७७, १० : ४५
सोमबार, १२ साउन २०७७

हरेक देशमा आ–आफ्नो मौलिक खानेकुरा हुन्छन् जसलाई विशेषतः पर्यटकले चाख्न खोज्छन् । यद्यपि, यस्ता केही खानेकुरा पनि छन् जसबारे सोच्न पनि सकिँदैन ।

हेगिजः

हेगिस स्कटल्याण्डको मौलिक खाना हो । भेडाको मुटु, मृगौला, फोक्सो र गाइको मासु मिलाएर भेडाकै काटिएको पेटको हिस्सामा यसलाई भरेर उसिनेर पस्किइन्छ । ज्बननयक

टुना आईः

जापानमा टुना माछा मात्रै नभई त्यसको आँखालाई पनि भिन्न खानाको रुपमा पस्किइन्छ । टुनाको आँखामा ओमेगा थ्री असाध्यै हुने मान्यता राखिन्छ जुन दिमागका लागि राम्रो हुन्छ ।

सन्नाक्जीः

थुप्रै देशमा अक्टोपसको परिकार बनाइन्छ तर दक्षिण कोरियामा सनन्नाक्जी नामको डिशमा जिउँदो अक्टोपस पस्किइन्छ । त्यहाँका मानिसहरुले यसलाई निकै मिठो मानेर खान्छन् ।

दकबलः

कुखुराको खुट्टा बनेको यो डिश दक्षिण कोरियामा निकै चर्चित छ । यो खानेकुरा के –पप स्टार्सका निकै प्रिय हो ।

तारेको माकुराः

कम्बोडियामा माकुरालाई तेलमा तारेर खाइन्छ । यो चर्चित स्ट्रिट फूडका लागि टोरेन्टुला माकुराको प्रयोग गरिन्छ । मानिसहरु यसका लागि विभिन्न रेसिपी पनि ट्राई गर्छन् ।

एस्कामोलेः

मेक्सिकोको चर्चित खानेकुरा एस्कामोले हेर्दा त भात जस्तै दखिन्छ तर यो लार्भाबाट बनेको हुन्छ । विशेष प्रकारको कमिलाको अण्डलाई भण्डार गरेर राखिन्छ र जब लार्भा बन्छ तब त्यसलाई पकाएर खानाको रुपमा तयार गरिन्छ ।

कमिलाको अचारः

भारतको छत्तिसगढमा आदिवासी समुदायका मानिसहरुले रातो कमिलाको अचार बनाउँछन् जसलाई पोषक तत्वले भरपुर मानिन्छ ।

काजू मार्जुः

इटलीको काजू मार्जू खानेकुरा खान निकै हिम्मत चाहिन्छ । भेडाको दुधबाट बनेको यो खानेकुरामा जिउँदो लार्भा हालिन्छ जुन विशेष प्रकारको माहुरीको अण्डाबाट निकालिन्छ । यसलाई लार्भासहित खाइन्छ ।

बलुटः

फिलिपिन्सको विशेष खाना हाँसको अण्डाले बनेको हुन्छ । यो कुनै साधारण अण्डा होइन, यसमा भ्रुण विकसित हुन दिइन्छ र त्यसलाई अण्डासहित पकाइन्छ ।

काँचो रगतको सुपः

यो सूपमा सुँगुरको रगत प्रयोग गरिएको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप