दुई पटक ओस्कर जितेकी अभिनेत्री ओलिविया डी हेविल्याण्डको १०४ वर्षमा निधन
हलिउड अभिनेत्री तथा दुई पटक ओस्कर पुरस्कार बिजेता ओलिविया डी हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।
न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।
हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन् ।
आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् । उनी स्टुडियो युगकी अन्तिम कलाकारमा समावेश थिइन् ।
हेविल्याण्डको जन्म सन् १९१६ जुलाईमा टोकियोस्थित ब्रिटिश पेटेन्ट अटोर्नीमा भएको थियो । उनी तीन वर्षकी हुँदा उनका आमा–बुवा अलग्गिएका थिए ।
उनकी आमाले उनी र उनकी बहिनी जोनलाई क्यालिफोर्निया ल्याइन् । हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै