शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युभेन्टसलाई कीर्तिमानी लगातार नवौँ लिग उपाधि

सोमबार, १२ साउन २०७७, ०७ : ५३
सोमबार, १२ साउन २०७७

क्रिस्टियानो रोनाल्डोको लिगमा ३१ औँ गोल तथा फेडेरिको बर्नार्डेस्चीको दोस्रो हाफको गोलको मद्दतले साम्पडोरियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार नवौँ पटक इटालियन सिरिए ए को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

उपाधिका लागि मात्र तीन अंक आवश्यक रहेको युभेन्टले आफ्ना पछिल्लो  ५ खेलमध्ये मात्र १ मा जीत हासिल गरेको थियो । पहिलो हाफको इन्जुरी समयमा रानाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाए । लिग पुनः सुरुवात भएपछि उनको यो १० औँ गोल थियो । दोस्रो हाफमा बर्नार्डेस्चीले सन् २०१८ को सेप्टेम्बरपछिको पहिलो गोल गर्दै युभेको जीत सुनिश्चित गरे ।

खेलमा डानिलो, पाउलो डिबाला र म्याथियस डि लिट घाइते भए पनि रोनाल्डोले खेलको अन्त्यतिर पेनाल्टी मिस गर्दै क्लबको कीर्तिमान बराबरी गर्नबाट चुके । यो सिजन ३१ गोल गरेका रोनाल्डोले सन् १९३३–३५ सिजनमा फिलिस बोरेलले बनाएको ३२ गोलको कीर्तिमान बराबरी गर्न सकेनन् ।

अब युभेन्टसले काग्लियारी र रोमाको सामना गनेछ भने १२ दिनपछि च्याम्पियन्स लिगमा लियोनसँग भिड्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप