साउथ इन्डियन नायिकाद्वारा आत्महत्याको कोसिस, अस्पतालमा भर्ना
साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको जानकारी दिएकी थिइन् । उनको हाल अस्पतालमा उपचार भइरहेको छ ।
फेसबुकमा भिडियो बनाएर भनेकी थिइन्, केही बेरमा मेरो मृत्यु हुनेछ
उनले फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । उक्त भिडियोमा उनले भनिन्, ‘यो मेरो अन्तिम भिडियो हो । म विगत चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण असाध्यै तनावमा छु । आफ्नो परिवारका लागि जिउँदो रहन मैले हरसम्भव प्रयास गरेँ तर यस्तो हुन सकिरहेको छैन । मलाई हरि नादरले मिडियामा असाध्यै अपमानित गरेका छन् । मैले रक्तचापको औषधी खाएकी छु । अबको केही समयमा मेरो रक्तचाप असाध्यै कम हुनेछ र मेरो मृत्यु हुनेछ ।’
वियजलक्ष्मीले भिडियोमा भनेकी थिइन्, ‘मेरो मृत्यु एउटा उदाहरण हुनुपर्छ । म आफ्ना प्रशंसकलाई सीमान र हरि नादरजस्ता व्यक्तिलाई यत्तिकै नछोड्न आग्रह गर्दछु र मेरो मानसिक शोषण गर्ने व्यक्तिलाई कडाभन्दा कडा सजाय दिइयोस् । ’
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार लक्ष्मी चेन्नईको एक नीजि अस्पतालमा भर्ना छिन् । स्मरण रहोस् सिमान एक तमिल नेशनलिस्ट पार्टीका नेता हुन् भने हरि नादर पनि राजनीतिक पार्टीसँग सम्बन्धित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा