शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको जोर्डानमा घरमाथि खस्यो विमान, ३ जनाको मृत्यु

आइतबार, ११ साउन २०७७, १९ : ४६
आइतबार, ११ साउन २०७७

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । बिमानमा तीन बालबच्चा सहित कूल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
 
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेको थियो ।  बिमान खसेको एक घरकी महिला पनि घाइते हुनुभएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबवन थालेको छ ।  –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप