शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हाइड्रोजन परीक्षणमा हानीकारक विकीरण छैन– चीन

सोमबार, २६ भदौ २०७४, १५ : २६
सोमबार, २६ भदौ २०७४

बेइजिङ । गत हप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । 

उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो । 

चीनको वातावरण संरक्षणसम्बन्धी मन्त्रालयले गरेको सो अध्ययनपछि यो तथ्य बाहिर आएको हो । उक्त मन्त्रालयले गरेको अध्ययनमा वातावरणलाई अथवा मानवीय स्वास्थ्यलाई असर पर्ने खालका कुनै पनि विकीरणहरु नपाइएको जनाइएको हो । 

चीनको सो मन्त्रालयको वेभसाइटमा दिइएको छ– यसरी गरिएको अध्ययनमा उत्तर कोरियाले हालै गरेको सो परीक्षणका कारण वातावरणीय रुपमा असर पार्ने खालका कुनै पनि तत्व वा विकीरणहरु भेटिएका छैनन् । 

उत्तर कोरियाले गरेको सो परीक्षणपछि चीनले गएको आठ दिनदेखि सो परीक्षणबाट उत्पन्न हुनसक्ने वातावरणीय खतराको बारेमा अनुसन्धान गरेको थियो । उक्त परीक्षणपछि सोमबार यो तथ्य बाहिर ल्याएको हो । 

उत्तर कोरियाले यस पटक गरेको छैठौँ पटकको परीक्षण यसअघिका सबै परीक्षणभन्दा शक्तिशाली भएको बताइएको छ । 

यसै परीक्षणका कारण उत्तर कोरियामा मात्र नभएर दक्षिण कोरिया र चीनमा पनि भकम्पन महसुश गरिएको थियो । उक्त परीक्षण हाइड्रोजन बम मिश्रित भएकोले यसबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका विकीरणहरु पनि पाइनसक्ने बताइएको थियो । 

यस परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै विकीरणहरु नभेटिएको समाचार यसअघि पनि जापानले सार्वजनिक गरेको थियो । रासस/एएफपी 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप