बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत–४’ सहित दुई फिल्मको तयारीमा सेन

आइतबार, ११ साउन २०७७, १२ : २३
आइतबार, ११ साउन २०७७

काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न नपाएका उनले अहिलेको फुर्सदको समय ‘प्रेम गीत ४’को तयारी थालेका हुन् ।

‘प्रेम गीत–४’को लागि उनी अभिनेता प्रदीप खड्का र निर्देशक क्षेतेन गुरुङसँग मिलेर कथाको तयारीमा गरिरहेका छन् । कथा सकिने बित्तिकै कलाकार र प्राविधिक छनोटमा लाग्ने उनको योजना रहेको छ । फिल्म ‘प्रेम गीत ३’को रिलिज लगत्तै छायाँकनमा जाने योजना अनुरुप ‘प्रेम गीत ४’को तयारीमा आफू लागेको निर्माता निर्देशक सेनले बताए ।

हुन त लकडाउनमा अर्को नयाँ फिल्मको पनि उनले तयारी गरेका थिए । कमेडी लभस्टोरी जानरा रहेको उक्त फिल्मको पनि अहिले छायाँकन तयारी सकिएको छ । बिग बजेटमा बनेको ‘प्रेम गीत–३’ रिलिज पछि दुबै फिल्म एकसाथ छायाँकन निस्कन सेनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप