बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बढ्दै कोरोनाभाइरसको संक्रमण : विश्वका करिब ४० देशमा रेकर्ड वृद्धि

आइतबार, ११ साउन २०७७, १२ : १९
आइतबार, ११ साउन २०७७

विश्वका करिब ४० देशहरुमा एकै दिन रेकर्ड संख्यामा संक्रमितहरु फेला परेका छन् । अघिल्लो हप्ताको तुलनामा दोब्बरले कोरोनासंक्रमितहरु थपिँदा विश्वका हरेक क्षेत्रमा महामारी ब्यापक बनिरहेको हो ।

विश्वमा हेडलाइन बनिरहेका अमेरिका, ब्राजिल र भारत मात्र नभएर अस्ट्रेलिया, जापान, हङकङ, बोलिभिया, सुडान, इथियोपिया, बुल्गारिया, बेल्जियम, उज्बेकिस्तान र इजरायल जस्ता देशहरुमा पनि संक्रमण तीव्ररुपमा फैलिरहेको छ ।

विशेष गरेर सामाजिक दुरीका लागि लगाइएको लकडाउनका नियमहरु खुकुलो बनाइएका देशहरुमा पनि पुनः संक्रमण फैलिएको हो ।

‘हामी पुरानो सामान्य अवस्थामा फर्कन सक्दैनौँ । यो महामारीले हामीले जिउने तरिकालाई बदलिदिएको छ,’ विश्व स्वास्थ्य संगठन (डक्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले यो हप्ता बताएका थिए ।

रोयटर्सका अनुसार कोभिड–१९ को संक्रमण तीव्र रुपमा फैलिरहेको देशहरुको संख्यामा वृद्धि भएको छ तीन हप्ताअघि ७ देशमा संक्रमितको संख्यामा तीव्र वृद्धि भएकोमा गत हप्ता १३ देशमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको थियो । यो हप्ता यो संख्या ३७ पुगेको छ ।

एजेन्सी : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप