उत्तर कोरियामा कोभिड–१९ को पहिलो शंकास्पद संक्रमित फेला, सीमावर्ती क्षेत्रमा लकडाउन लागू
उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँगको सीमावर्ती शहरमा आपत्काल तथा लकडाउन लागू गरेका छन् । कोरोनाभाइरसबाट शंकास्पद संक्रमित एक व्यक्ति दक्षिण कोरियाबाट भागेर आएपछि उक्त क्षेत्रमा लकडाउन लागू गरिएको हो ।
यदी ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो भने उनी आधिकारिकरुपमा उत्तर कोरियाका पहिलो कोरोनाभाइरस संक्रमित हुनेछन् । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार किमले आपत्तकालिन पोलिटब्युरोको बैठक बोलाएर खतरनाक भाइरसमा प्रवेश गरेको हुनसक्ने बताउँदे संवेदनशील अवस्था रहेको जिकिर गरेका थिए ।
करिब तीन वर्षअघि भागेर दक्षिण कोरिया प्रवेश गरेका ती व्यक्ति यो महिना सीमावर्ती काइसोङ गाउँमा फर्किएका थिए । उनमा कोभिड–१९ को लक्षणहरु देखापरेको केसीएनएले जनाएको छ । समाचार एजेन्सीले उनको स्वास्थ्य परीक्षण भए–नभएको खुलाएको छैन । उत्तर कोरियाले देशमा कोरोनाभाइरसको संक्रमण रहेको आधिकारिकरुपमा स्वीकार गरेको यो पहिलोपटक हो ।
स्रोतः रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने
-
म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु
-
'वर्ल्ड प्रेस फोटो अफ द इयर' अवार्ड जित्ने गाजाको फोटोको कथा
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्