शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति गराउने क्रममा महिलाको मृत्यु

सोमबार, २६ भदौ २०७४, १५ : ०७
सोमबार, २६ भदौ २०७४

उदयपुर । जिल्ला अस्पतालमा आज बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । 

अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो । 

आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र आज बिहान ८।३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताए । 

उहाँका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो । 

मृतक दनुवारको यस अघिनै तीन छोरीको जन्म भइसकेको र यो पटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आउनुभएको थियो । अहिले मृतकको शव अस्पतालमै छ । रासस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप