शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा संलग्न एक जना बानेश्वरबाट पक्राउ

आइतबार, ११ साउन २०७७, १० : ४५
आइतबार, ११ साउन २०७७

काठमाडौं – संसद भवन नयाँबानेश्वर अगाडि पार्किङ गरेर राखेको स्कुटरबाट पैसा चोर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले ४८ बर्षिय सोभित कार्कीलाई पक्राउ गरेको हो । 

सोभितले केही दिनअघि पूर्व एआईजीका छोरा र एक महिलाको पार्किङमा राखेको  स्कुटर खोलेर दुईलाख रुपैयाँ चोरेका थिए ।

चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।

कार्कीको साथबाट प्रहरीले ४१ वटा स्कुटर र गाडीको साँचो वरामद गरेको छ ।

उनी केही समयदेखि बानेश्वर एरियामा पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा सक्रिय रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप