शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप २१ जनामा कोरोना पुष्टि

आइतबार, ११ साउन २०७७, ०९ : ०९
आइतबार, ११ साउन २०७७

कैलाली – सुदुरपश्चिम प्रदेशमा शनिबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएपछि संकृय संक्रमित संख्या १ हजार ७६१ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट  १ र डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७६१ पुगेको हो । 

कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । 

यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ३० हजार ९५६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ८९१मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । 

३ हजार ३६७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५६२ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६३७, बैतडीका ३०३, बझाङ्गका १७१ ,बाजुरा ४४६, डडेल्धुराका २९५, दार्चुलाका २०, डोटीका ६०५ , कैलालीका १०७५ र कंचनपुरका ५१३ गरि ४ हजार ६५ रहेका छन । जस्मा महिला ९५७ , पुरुष ३ हजार १०८ रहेका छन । क्वारेन्टिाईनमा ३ हजार ५०७ पुरुष र १ हजार १८९ महिला रहेका छन । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १४ र संक्रमित ५६ गरी ७० जनाको उपचार भइरहेको छ ।

७६९ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

टिकापुरमा२३ , महाकालीमा १८, अछाममा १०, डोटी २, र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप