शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी जेलबाट थानेश्वरलाई छुटाउन ब्लड मनी संकलन शुरु

सोमबार, २६ भदौ २०७४, १४ : ४९
सोमबार, २६ भदौ २०७४

 काठमाडौं–रोजगारीका लागि साउदी अरब पुगेर जेलमा परेका थानेश्वर भुसालको  लागि ब्लड मनि संकलन शुरु गरिएको छ । २०११ सेप्टेम्बर २७ मा साउदी पुगेका  भुषाल २०१२ जुन ५ मा सवारी दुर्घटनामा परेका थिए । 

सवारी साधन चालकका लागि साउदी गएका भुषाल अर्काे व्यक्तिले गरेको गल्तिका कारण जेलमा परेका छन् । भारतीय चालक इसम साहिबका कारण सिर्जीत घटनाबाट  साउदी नागरिक रहमान अल जदानीको  मृत्यु भएको थियो । भुषालको रोकीराखेको  गाडीलाई भारतीय चालकले  ठक्कर दिदां साउदी नागरिकको ज्यान गएको थियो । ठक्कर दिने भारतीय नागरिकको पनि उक्त घटनामा ज्यान गएको थियो । साउदी स्थित जेद्धा न्यायलयले सवारी दुर्घटनामा भुषाल र भारतिय नागरिक इसम साहिबलाई दोषी ठहर गरेको थियो । अदालतले ५० प्रतिशत घटनाको दोषीमा भुषाललाई ठहर गरेको थियो । 

साउदी स्थित नेपाली कसुन्लेट जनरलले मृतकका परिवारलाई ब्लड मनि मिनाहाका लागि गरेको आग्रहलाई सुनुवाई नभएको बताईएको छ । २०१६ अगस्ट ११ मा  जेद्धास्थित नेपाली कन्सुलेटले कन्सुलेर विभाग काठमाडौलाई पत्र लेखि भुषाललाई जेलबाट छुटाउन एक लाख ५० हजार रियाल आवश्यक पर्ने जनाएको छ ।
प्रवासी नेपाली समन्वय समितिको सक्रियतामा  थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान सुरु भएको गरिएको छ । समितीले भुषालको उद्धारका लागि ४५ लाख रुपयां आवश्यक परेको जनाएको छ ।  

आर्थिक रुपमा विपन्न परिवारका भुषालको नवलपरासी स्थित मध्यविन्दु नगरपालिका ८ मा छाप्रो घर छ । ४५ लाख ब्लड मनी तिर्न सक्ने उनको पारिवारिक हैसियत छैन ।

थानेश्वरकी आमा यमकला भुसाल छोराको सकुशल फिर्ताका लागि गुहार माग्दै हिडेकी छन् । पारिवारिक दयनिय अवस्थाले भुषाललाई  जेलबाट छुटाउन आर्थिक अभियान संचालन गरिएको समितीका अध्यक्ष कुलप्रसाद कार्कीले बताए । कार्कीले  ‘थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान’को ग्लोबल आईएमई बैंकको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिने बताए । संकलित रकम पारदर्शी रुपमा वेभसाईटमा राखिने कार्कीले बताए । 
३६ वर्षका भुषालकी सय बर्ष कटेकी हजुरआमा छन् भने उनका बाबु शारिरीक अशक्त छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप