शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपति बोल्सोनारोका सहयोगीहरूको ट्विटर र फेसबुक खाता बन्द

शनिबार, १० साउन २०७७, २२ : १८
शनिबार, १० साउन २०७७

रियो दि जेनेरियो । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोका सहयोगीहरूले गलत सूचना प्रबाह गरी अदालतको मानमर्दन गर्न खोजेको आरोप लगाउँदै अदालतले छानबिनको लागि अवरुद्ध गर्ने आदेश दिएपछि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले उनीहरूका खातालाई बन्द गरिदिएको छ । 

दक्षिणपन्थी नेता बोल्सोनारो र अदालतबीच बढेको तनावबीच राष्ट्रपतिका निकटस्थ सदस्यहरूले अदालतलाई बदनाम गर्नका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएको आरोप छ । यसले अदालत र न्यायाधीशहरुलाई बदनाम गराएको भन्दै ती सामाजिक सञ्जालका खाताहरू बन्द गर्न उक्त अदालतले आदेश दिएको थियो । 

दुबै अमेरिकी सामाजिक सञ्जालका विज्ञहरूले पनि उनीहरूको प्लेटफर्ममा घृणायुक्त बोली र गलत जानकारीको बिरूद्ध बढी आक्रामक अभिव्यक्तिहरू आएका कारण बन्द गर्न दवाव परेको बताएका छन् ।  न्यायाधीश अलेक्जान्ड्रे डे मोराइसले गत मे महिनाको सुरूमा गरेको आदेशमा भनिएको थियो, “राष्ट्रपतिका निकटमा रहेका केही व्यक्तिहरूले अदालतको बिरूद्ध सामाजिक सञ्जालको दुरूपयोग गर्दै ‘भूट्टा समाचार, अपमानजनक आरोप, धम्की र अपराध’ गरेको पाइएकोले तिनीहरूलाई रोक्न खाताहरुलाई बन्द गनुपर्छ । 

बन्द गरिएका खाताहरूमा अनुदारवादी पूर्व सांसद रोबर्टो जेफरसन, ख्यातीप्राप्त व्यवसायी लुसियानो ह्याङ तथा दक्षिणपन्थी समूह निकट मानिने अधिकारकर्मी सारा विन्टर रहेका छन् ।  ब्राजिलमा उनीहरूको फेसबुक र ट्विटर पृष्ठहरूमा आगन्तुकहरूले उनीहरूको सन्देशहरू देख्न सक्ने छैनन् र ती सामाजिक सञ्जालहरूमा उनीहरूको खाता रोकिएको देखिने छ । यद्यपि ती सन्देशहरू अन्य मुलुकमा भने देख्न सकिने छ । 

फेसबुकले उनीहरूले लेखेका सन्देश खोल्दा ‘उक्त विवरण उपलब्ध नभएको’ जानकारी दिएको छ । त्यस्तै ट्वीटरले कानूनी माग अनुसार ‘ब्राजिलमा उक्त खाता रोक्का गरिएको’ उल्लेख गरेको छ ।  अवरुद्ध खाताहरूका अधिकारीहरू खाता रोक्का गरिएकोमा क्रुद्ध बनेका छन् । विन्टरले अदालतको आदेशलाई ‘तानाशाही’ कदमको संज्ञा दिएका छन् भने जेफरसनले जर्मनीका नाजीसँग तुलना गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप