रनवे परेडमा यस्तो देखियो सेलिब्रेटी मोडलको क्याटवाक
काठमाडौं– ब्लड क्यान्सरबाट पीडित तीन वर्षीय बालकको उपचारमा सहयोग पु¥याउने उद्देश्यले शनिवार साँझ दरबारमार्गस्थित क्लब डेजाभूमा रनवे परेड–२०७४ शीर्षकको च्यारिटी फेसन शो आयोजना गरिएको छ ।
चलचित्र अभिनेता यशराज गराचद्वारा कोरियोग्राफी गरिएको उक्त फेसन शोमा स्थापित फेसन डिजाइनहरु राशि कोइराला, लजिमा सुब्बा नाल्बो, कुमारी तामाङ, प्रमिता श्रेष्ठ, डिना गुरुङ, पेमा याङ्गी शेर्पा, श्वेता थापा, ओसिन थापा, छिरिङ शेर्पा तथा कमल मानन्धरले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।
१६ जना महिला तथा ११ जना पुरुष मोडलहरुद्वारा पहिरन प्रदर्शन गरिएको उक्त फेसन शोमा लोकप्रिय कलाकारहरुले सोस्टपरको रुपमा क्याटवाक गरे । फेसन शोमा वर्षा राउत, अशिष्मा नकर्मी, चाँदनी शर्मा, सिर्जना रेग्मी, एनी कुँवर, ओशिन सिटौला, करिश्मा श्रेष्ठ, रिश्ता बस्नेत, सलोन बस्नेत, नीराजन प्रधान, दिक्पाल कार्की, प्रदीप बास्तोला, आमेश भण्डारी, सञ्जोग कोइराला, मिस्टर नेपाल–२०१७ अक्षय रायमाझी तथा बक्सिङ खेलाडी म्याक्स बस्नेत र फुटबल खेलाडी अञ्जन विष्टले सोस्टपरको रुपमा क्याटवाक गरेका हुन् ।
टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्सले आयोजना गरेको उक्त फेसन शोको सञ्चालन सुशिल नेपालले गरेका थिए । फेसन शोको क्रममा गायक कमल खत्रीले लाइभ कन्सर्ट दिए । केही नृत्यांगनाहरुले विभिन्न नेपाली तथा हिन्दी गीतमा आकर्षक नृत्य प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर