बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

२ करोड ५० लाखको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै

शनिबार, १० साउन २०७७, २० : १९
शनिबार, १० साउन २०७७

काठमाडौँ ।  २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा आज बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । 

पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गरे । उनले जनप्रतिनिधिले परीक्षा दिइरहेको भन्दै परीक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताए । 

काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को संगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिए । 

 यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ । पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ ।  बालबालिकाहरुलाई खेल्न मिल्ने उद्दान समेत  रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप