शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न अभियोगमा फरार पक्राउ

शनिबार, १० साउन २०७७, १९ : ००
शनिबार, १० साउन २०७७

जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् । 

यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, कुटपिट मुद्दाका नीमकुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी घर्ती  र विविध मुद्दाका प्रेमबहादुर खत्रीलाई पक्राउ गरिएको  कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
 
 प्रहरीले विभिन्न मितिमा जिल्ला अदालतद्वारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । जिल्लामा आपराधिक घटनामा समेत कमी आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप