शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित तीन युवक पक्राउ

शनिबार, १० साउन २०७७, १७ : ३९
शनिबार, १० साउन २०७७

लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।     पक्राउपर्नेमा मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झा रहेको प्रहरीले जनाएको छ । 
    
    प्र.२–०३००६प ८०९० नम्बरको मोटरसाइकलमा चढी मनरासिस्वा– १ स्थित स्वास्थ्यचौकी नजिकै आएपछि शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा पिस र पेमाडोल ट्याब्लेट ४० पिस लागुऔषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

नदीमा हाम फाल्दा एक बेपत्ता

    महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१० स्थित नेपाल–भारत सीमामा रहेको नदीमा हाम फाल्दा एक किशोर बेपत्ता भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बेपत्ता हुनेमा स्थानीय अनिल सदाका छोरा १४ वर्षीय बिक्की सदा रहेका छन् । उनी गाउँमै रहेको टेकुना पुलबाट हाम फाल्दा बेपत्ता भएका हुन् ।
    
    साथीहरुसँग नदीमा पौडी खेल्न गएका बिक्की पुलबाट हाम फाल्दा बेपत्ता भई भारततिर बगेर गएको उनका साथीहरुले बताएका छन् । उनको खोजतलाशका लागि नेपालतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भारततर्फ एसएसबी परिचालित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप